Logo

घुस लिने/दिने ओली-गुरुङ दुवै दोषी हुन्, कारबाही हुनुपर्छः अर्थविद् न्यौपाने



काठमाडौं, ३० असोज । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले १० रोपनी १४ आना जग्गा घुस लिएको आरोप लगाएका छन् । नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा लिएर पार्टी केन्द्रीय कार्यालय बनाउन शिलान्यास गरेको थियो । पार्टी केन्द्रीय कार्यालय बनाउन लिइएको उक्त जग्गालाई लिएर सर्वत्र आलोचना भइरहेको बेला अर्थविद् न्यौपानेले सत्तामा बसेको मान्छेले दान, उपहार लिन नमिल्ने बताएका हुन् ।

उनले भाटभटेनीका सञ्चालक गुरुङ ललिता निवास जग्गा प्रकरण, कर छलीलगायतका विषयमा विवादित रहेको बताए । उनले उक्त जग्गालाई घुसको रुपमा उल्लेख गर्दै उनले लिने दिने दुवैलाई कारबाही हुनुपर्ने बताए । ‘यो खुल्ला भ्रष्टाचार हो, यो घुस हो । सत्तामा बसेको मान्छेले दान, उहार लिन मिल्दैन । यो एउटा करप्सनको रुप हो । यस्तो मान्छेसँग उहाँले जग्गा दान लिनुभएको छ, जो ललिता निवासमा विवादित छन् र कर छलीमा विवादित छन् । हिजोअस्तीमात्रै पुलिसले हत्कडी लगाएर जेल हालेको मान्छे हुन् । उनी यस्ता विवादित व्यापारीसँग जग्गा लिनु गलत हो । यो घुस हो । घुस लिने प्रधानमन्त्री केपी शर्मा ओली र घुस दिने व्यापारी मिनबहादुर गुरुङ यी दुई जना बराबर दोषी छन् । यिनीहरुलाई नेपालको कानुनअनुसार कारबाही हुनुपर्छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्