Logo

शंकर पोखरेलको प्रष्टीकरण: मीनबहादुरले दिएको दाने जग्गासँग ललिता निवासको कुनै साइनो छैन



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालयको भवन बनाउन भाटभटेनीका मालिक मीनबहादुरले दिएको जग्गासँग ललिता निवासको जग्गा प्रकरणको कुनैपनि साइनो नरहेको जिकिर गरेका छन् ।

बिहीबार बाँकेको कोहलपुरमा पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले गुरुङ एमालेकै नेता रहेको र पुरानो कार्यकर्ताको हिसावले सो जग्गा दानमा स्वीकार गरेको दाबी गरे ।

‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,’ महासचिव पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।’ साथै, उनले मीनबहादुरसँग जग्गा सहयोग लिँदैगर्दा अन्य कुनै अदृश्य सम्झौता नभएको पनि दाबी गरेका छन् ।

एमालेले कीर्तिपुरमा गत दशैंको फुलपातीको दिन पार्टी कार्यालय भवनको शिल्यान्यास गरेको थियो । करिब ११ रोपनी जग्गा गुरुङले एमालेलाई दान गरेका थिए । सो जमिनमा एक वर्षभित्रमा आफ्नै खर्चमा एमालेको पार्टी कार्यालय बनाईदिने गुरुङले उद्घोष गरेका छन् । तर,सो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्