Logo

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक जारी



काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्र्देशनमा आह्वान भएको बैठकमा गृहमन्त्री रमेश लेखक लगायत उपस्थित रहेका छन् ।

आजको बैठकले असोज १० र ११ गते परेको पानी र आएका बाढी पहिरोका कारण प्रभावित बनेका केही स्थानीय तहलाई संकटग्रस्त घोषणका लागि सिफारिस गर्नेछ । यसअघि नै सरकारले देशका विभिन्न ४१ वटा स्थानीय तलाई संकटग्रस्त घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्