Logo

रवि लामिछानेलाई कुन बेला समात्दा ठीक हुन्छ भनेर सरकार ग्रह दशा हेरेर बसेको छः रास्वपा नेता श्रेष्ठ



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सरकार रवि लामिछानेलाई कतिबेला समाउँदा उपयुक्त हुन्छ भनेर ग्रह दशा हेरेर बसिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले लामिछानेले सहयोग गर्न तयार छु भन्दा पनि सरकारले पूर्वाग्रह साँध्न खोजिरहेको बताए ।

‘पूर्वाग्रह चाहीँ म स्वीकार्दिन, झेला गरेको । तर, त्यहाँ सघाउनुपर्ने कुरामा म सहयोगी नै छु भनेर त उहाँले अभिव्यक्ति नै दिनुभएको छ । उहाँहरुको कतिखेर समात्दाखेरी ठीक हुन्छ भनेर ग्रह दशा हेर्ने पनि बानी छ । त्यो हेर्न गइरहेको होला । उहाँहरुले यस्तै–यस्तै टाइम पार्ने हो,’– उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो दुई तिहाइको सरकार भएको बेला पनि अध्यादेश ल्याएर काम गरेको स्मरण गराउँदै उनले यस पटक पनि साना दल फुटाउन अध्यादेश आउनसक्ने आशंका व्यक्त गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्