Logo

मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए



काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो ।

उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ। लिम्बु प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

२०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुन्छन्।



प्रतिक्रिया दिनुहोस्