Logo

साफ च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुआत



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो ।

खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बन्यो।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।

आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्