Logo

नेता/कार्यकर्तालाई रवि लामिछानेको निर्देशनः राज्यले गरेको दादागिरीको डटेर सामना गर्नुस्



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले गरेको दादागिरीको डटेर सामना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । कास्की जिल्ला अदालले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नुअघि आफ्नो नेता तथा कार्यकर्ता र समर्थहरुलाई सम्बोधन गर्दै उनले व्यक्तिगत रुपमा आफूलाई भन्दा पनि अभियानलाई साथ दिन आग्रह गरे ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले निर्दोष देखाउँदा पनि राज्यले आफूलाई सबै शक्ति र स्रोत लगाएर पक्राउ गरेको उनले बताए । आफू सचेत नागरिक रहेको बताउँदै उनले कानुनलाई सघाउने पनि प्रतिवद्धता व्यक्त गरे ।

‘मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि, प्रतिवेदनले भन्दा पनि राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर यो कार्य गरेको छ । यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास गरेको छु । म न्यायिक प्रक्रियामा सघाउने सचेत नागरिक भएको हुनाले प्रतिवद्ध छु । यहाँहरु सबैलाई राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्नका निमित्त साहश मिलोस्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्