Logo

करारका कर्मचारी हटाएर फेरी करारमा नै भर्नाका लागि दरखास्त आह्वान



काठमाडौं, ३ कार्तिक । नेपाल सरकार, खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले करारका कर्मचारीहरू हटाएर फेरी करारमा नै कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लामो समयदेखि काम गर्दै आएका करारका कर्मचारीलाई मनोमानी ढंगले हटाए पुनः करारमा कर्मचारी राख्ने प्रक्रिया थालिएको हो । यसअघि करारमा रहेका कर्मचारीहरुले महिनौंदेखि तलबसमेत नपाएको बताइएको छ ।

विभागले विना कारण करारका पुराना कर्मचारीलाई हटाएर फेरी करार सेवामा नै आफ्ना नजिकका मान्छेलाई राख्न लागेको पीडित कर्मचारीहरुको आरोप छ । करिब १४/१५ जना करार कर्मचारीले साउनदेखि असोज मसान्तसम्मको तलब भत्ता अझैसम्म नपाएको बताइएको छ । उनीहरुलाई कामबाट हटाउनुको कुनै कारण नखुलाई कार्तिक १ गतेबाट कार्यालय नआउनु भनी मौखिक जानकारीमात्रै गराइएको एक पीडित कर्मचारीले बताए ।

पुराना कर्मचारीलाई हटाएर विभागले फेरि करारमै इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी, इन्जिनियर पदमा २७ जनाको लागि नयाँ भर्ना खुलाएको छ ।



प्रतिक्रिया दिनुहोस्