Logo

प्रत्येक जिल्लाबाट कम्तिमा एक सयजना कार्यकर्तालाई पोखरा आउन रास्वपाको उर्दी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लाबाट कम्तिमा १०० जना कार्यकर्तालाई पोखरा आउन उर्दी जारी गरेको छ ।

शुक्रबार सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका थिए । उनी हाल कास्की प्रहरीको हिरासतमा रहेका छन् । उनलाई आज अदालतमा उपस्थित गराईंदैछ । रवि पक्राउ परेपछि रास्वपाले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।

विरोध प्रदर्शनमा मान्छेको कमि नहोस् भन्नका लागि रास्वपाले सबै जिल्लामा सर्कुलर पठाउँदै पोखरामा भेला हुने निर्देशन दिएको हो । ‘आज जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट १०० जनाका दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११:३० मा सूचना प्राप्त भएकाले जिल्लाकेन्द्रित कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘साथ, सहयोग र सपोर्ट भनेकै दुःख परेको बेलामा चाहिने हो ।’

पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्