Logo

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेश गरिएको हो ।

रास्वापाका नेता, कार्यकर्ता र समर्थकहरुले जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले लामिछानेलाई प्रदर्शन भइरहेको भन्दा फरक बाटो प्रयोग गरी अदालतमा प्रवेश गराएको छ । रास्वपाका सांसदहरु हरि ढकाल, डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, मनिष झालगायत पनि प्रदर्शनमा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्