Logo

टीआरसी सम्बन्धी आयोगका पदाधिकारी सिफारिस समिति पुनर्गठन, यी हुन् मन्त्रिपरिषद्को २३ निर्णय



काठमाडौं । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी बनाउने यसअघिको निर्णयलाई निरन्तरता दिँदै राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य, मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद् समाजशास्वी, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरू मध्येवाट पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की, र स्टेला तामाङलाई सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यी हुन् सरकारले गरेका निर्णयहरू




प्रतिक्रिया दिनुहोस्