Logo

सर्वोच्चका पूर्वन्यायाधीश सिन्हाको नेतृत्वमा नागरिक उड्डयन क्षेत्रको अध्ययन गर्न समिति गठन



काठमाडौं । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार समितिमा हवाई व्यवस्थापन विज्ञसदस्यद्धय राजेन्द्रबहादुर सिंह र भेषराज सुवेदी तथा हवाई सुरक्षाविज्ञ सदस्य क्या। रिवाजप्रसाद प्रधान, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ सदस्य र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सदस्य सचिव सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्