Logo

सातै प्रदेशमा जलनको उपचार नि:शुल्क गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सातै प्रदेशमा जलनको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कस्मेटिक बाहेकका सम्पूर्ण जलनको उपचार सातै प्रदेशमा निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो ।

अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन् ।



प्रतिक्रिया दिनुहोस्