Logo

रवि पक्राउबारे सरकारले भन्यो: यो सुरुआत मात्रै हो !



काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्बैठककोनिर्णय सार्वजनिक गर्दै आज मन्त्री गुरुङले पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले सरकारले लामिछानेलाई प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाइरहेका सर्वदलीय संसदीय समितिको प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही थालिएको दाबी गरे । उनले यो सुरुआतमात्र भएको दाबीसमेत गरेका छन् ।

‘संंसदले गठन गरेको सर्वाधिकारसम्पन्न सर्वदलीय समितिले जुन प्रतिवेदन दिएको थियो,’ उनले भने, ‘त्यसलाई मन्त्रिपरिषद्ले स्वामित्व ग्रहण गरी कार्यान्वयनको अभियानमा लगेको छ। त्यस प्रतिवेदनले औँल्याएको व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने क्रमको यो त सुरुवात भएको मात्र हो।’



प्रतिक्रिया दिनुहोस्