Logo

धरानको विवादमा अदालतको हस्तक्षेप, मामा ससुरालाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश



काठमाडौं । उपमेयर हुँदा हुँदा नातेदार वडाध्यक्षलाई कार्यवाह मेयरको जिम्मा दिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको निर्णय कार्यान्वयन नगर्न उच्च अदाल विराटनगरले आदेश दिएको छ ।

आइतबार उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशदिएको हो ।

आदेशमा ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४को क को १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ’ ।

मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने ११ नम्बरका वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाअध्यक्षलाई काबा तोकेसँगै उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए ।



प्रतिक्रिया दिनुहोस्