Logo

रारा पुगे प्रचण्ड, फर्किएपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रारा पुगेका छन् । उनी आज बिहान मुगुको रारा पुगेका हुन् ।

आज बिहान छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् ।

रारा ताल अवलोकन बाहेक त्यहाँ प्रचण्डको अन्य कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले जनाएको छ । रारा पुगेर जुम्ला झर्ने प्रचण्डको कार्यक्रम रहेको छ । जुम्लामा प्रचण्डले गुठीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्