Logo

बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ



काठमाडौँ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको हो।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन्। तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ।

बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।



प्रतिक्रिया दिनुहोस्