Logo

दाने जग्गाविरुद्ध एमाले कार्यकर्ताहरु सडकमा, ओलीलाई भू-माफियाको संज्ञा दिँदै लगाए नारा



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) अछामका नेता तथा कार्यकर्ताले भीम रावलविरुद्धको स्पष्टीकरणको विरोध गरेका छन् । पूर्व उपाध्यक्षसमेत रहेका रावलसहितलाई एमालेले हिजो स्पष्टीकरण सोधेको थियो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन दिएको १० रोपनी १४ आना जग्गाको विषयमा रावलले दिएको अभिव्यक्तिलाई लिएर एमालेले स्पष्टीकरण सोधेको हो ।

एमाले अछामका नेता तथा कार्यकर्ताहरुले आज ‘भीम रावलविरुद्धको चेतावनी फिर्ताले, भू-माफिया मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, नेकपा (एमाले) जिन्दावाद, भीम रावल जिन्दावाद’ लगायतका नारा लगाएर विरोध गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफैं प्रधानमन्त्री भएको बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका गुरुङबाट जग्गा दान लिँदा स्वार्थ बाँझिने भन्दै आलोचना भइरहेको छ । तर, एमालेले भने आलोचना गर्ने पार्टीभित्रका नेताहरुलाई आन्तरिक लोकतन्त्रको दुहाई दिँदै स्पष्टीकरण सोधेको छ ।



प्रतिक्रिया दिनुहोस्