Logo

कांग्रेस परित्याग गरेका माझीलाई माओवादीले ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नमनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार एक कार्यक्रम आयोजना गरेर माझीलाई उम्मेदवार घोषणा गरिएको छ।

अध्यक्षको उम्मेदवार बनाईएको माझी केही समयअघि प्रचण्डको हातबाट टिका लगाउँदै कांग्रेस परित्याग गरेर माओवादीमा भित्रिएका थिए । उनी ०७४ सालमा ग्रामथान गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छादारको हृदयघातका कारण निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन हुन झण्डै एक महिना अघिनै माओवादीले आफ्नो उम्मेदवार घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस्