Logo

रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद



काठमाडौं । नेकपा एमालेनिटक प्रवासी नेपाली मञ्चका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

पोखरेलले सहकारी ठग्ने कोही कसैलाई पनि शक्तिको आडमा उन्मुक्ति दिन नहुने भन्दै कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् । पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका छन् ।

पोखरेलले पूर्व गृहमन्त्रीहरू कृष्णबहादुर महरा, बालकृष्ण खान, खुमबहादुर खड्का गोविन्दराज जोशी आदी जेल परेको स्मरण गराउँदै रवि लामिछने पक्राउ पर्दा रास्वपाका कार्यकर्ताले स्टनबाज गरेको र सरकारलाई चुनौती दिएको भन्दै आपत्ति जनाएका छन्। उनले जसरी पनि सहकारी पीडितलाई न्याय दिन र ठगहरुलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्