Logo

प्रचण्डले बोलाएको बैठकमा सत्तारुढ नेता गएको विषयमा बालुवाटारमा केरकार, महन्थ र रञ्जिताले दिए यस्तो प्रष्टीकरण



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा सत्तारुढ दलका नेता उपस्थित भएको विषयमा बालुवाटारमा छलफल भएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सत्तारुढ दलको बैठकमा गत शुक्रबार प्रचण्डले बोलाएको बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी भएको विषयमाथि प्रशन उठेको हो ।

शुक्रबारको बैठकमा ठाकुर र रञ्जिता पुगेका थिए । जसले राजनीति नै तरंगित बनेको थियो । सरकारसँग साना दल असन्तुष्ट रहेको गाईंगुईं चलेको थियो । यस विषयमा सरकारले गम्भीर रुपमा लिएको स्रोतको भनाइ छ । आजको सत्तारुढ दलको बैठकमा प्रश्न उठेपछि महन्थ ठाकुर र रञ्जिता दुवैले आ आफ्नो प्रष्टीकरण दिएका थिए ।

बैठकमा सहाभागी एक नेताका अनुसार, ठाकुरले आफूलाई झुक्याएर बैठकमा बोलाएको बताएका छन् । रञ्जिताले भने आफू पुग्दा बैठक सकिएको बताएकी थिइन् ।

बैठकमा कांग्रेसका सभापति देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस्