Logo

अध्यागमन विभागले पायो नयाँ महानिर्देशक, चितवनमा सीडीओ पनि फेरिए



काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवलाई जिम्मेवारी दिएको छ। गृहले मन्त्रालयको बरण्डामा रहेका गोविन्द रिजाल र प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ भने चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका इन्द्रदेव यादवलाई बरण्डामा तानेको छ ।

गृह मन्त्रालयले मन्त्रालयमा रहेका सबैभन्दा वरिष्ठ सहसचिव गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ। अख्तियारबाट आएर अध्यागमन विभागको नेतृत्व गरेका सहसचिव कोषहरि निरौला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेपछि रिजाललाई उक्त जिम्मेवारीमा पठाइएको हो। रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भइसकेका छन्।

लुम्बिनी प्रदेशबाट गृह मन्त्रालय आएका प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएको छ। पौडेल राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागका महानिर्देशक भइसकेका व्यक्ति हुन्।



प्रतिक्रिया दिनुहोस्