Logo

लुम्बिनीमा सरकार विस्तार, तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् अझै अपूर्ण



काठमाडौं । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुको शपथ भोलि बिहान ८ बजे हुनेछ ।

कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् । त्यस्तै अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् भने अझै अपूर्ण नै रहेको छ ।

लुम्बिनीका १२ मन्त्रालयमध्ये एमालेले मुख्यमन्त्रीसहित ५, कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ५ र सरकारलाई समर्थन गरेका ४ साना दललाई दुई मन्त्रालय छुट्याएको छ ।



प्रतिक्रिया दिनुहोस्