Logo

बिश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला सुरु



काठमाडौं । विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बडा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो ।

मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो । मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो । आउदो मंसिर १ गतेदेखि ३० गते सम्म मेला भब्य लग्ने छ । विशेष बलि २३ देखि २४ गते हुने छ ।मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु दर्शन गर्न तथा मेला भर्नहरुको घुइचो लाग्ने अपेक्षा मेला तथा मूल व्यवस्थापन समितिले राखेको छ ।

गढीमाई मेलामा नेपाल बाहेक भारतबाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरु आउने विश्वास गरिएको छ । गढीमाई मन्दिरको धार्मिक मान्यता र ईतिहासकिम्बदन्ति अनुसार हजारौँ वर्ष पहिले जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुर गढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई आफ्नो गाउँमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समाप्त हुनेछ । हत्या अभियोगमा जेलमैं सजाय भोगिरहेका भगवान दास चौधरीलाई सपनामा दर्शन दिएपछि जेलमुक्त भएका चौधरीले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाडेका किम्वदन्ती छ । तिनै चौधरीका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।देविकै आदेशअनुसार जेलबाट छुटकारा पाएपछि चौधरीले फर्किदा ल्याएकोे त्रिसुल बरियारपुर स्थित गाडेका थिए र सोही स्थानमा अहिले गढिमाई मन्दिर रहेको छ । मन्दिरका संस्थापक पुजारी भगवान चौधरीका सन्तानबाट १० औं पुस्ताका शिव चौधरी हाल मन्दिरका मुल पुजारी रहेका छन् ।

गढीमाईको विशेष पुजा मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक बिशेष रूपमा तान्त्रिक पुजा गरी पञ्चवलिबाट बलि दिने परम्परा रहिआएको छ मेला शुभारम्भ मंसिर १ गते देखि हुने छ । गढीमाईको विशेष पुजा मंसिर २३ देखि २५ गते सम्म हुने र मंसिर ३० गते आईतवारका दिन सम्पन्न हुने अर्थात विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ । विशेष पूजाका लागि सहयोग स्वरुप ५ सय रुपैयाँ तोकिएको छ विशेष पूजावापत संकलन भएको रकमले मन्दिरमा पूजारी राख्ने तथा अन्य सरसफाइका काममा खर्च गर्ने योजना रहेको मेला समितिले जनाएको छ ।

मेलामा आउने भक्तजनको सुरक्षाका लागि समेत उचित व्यवस्था गरिएको समितिले जानकारी दिए । हरेक चोकचोकमा प्रहरी देखि लिएर अन्य गस्तीको समेत व्यवस्था मिलाइएको मेला समिति संयोजक उपेन्द्र प्रसाद यादवले बताए ।

गढीमाई मन्दीरको मुल पुजारी चौधरी किन ?

प्रायः मन्दीरहरुमा पुजारीको रुपमा भट या ब्राह्मण हुने गर्दछन् तर गढीमार्य मन्दीरको मुल पुजारी चौधरी समुदायको नै रहीआएका छन् । गढीमाई मन्दीरको स्थापना काल देखि नै चौधरी समुदायबाट नै मुल पुजार राखिने चलन रहेको महागढीमाई नगरपालिकाको मेयर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव बताउँछन् ।गढीमाई मन्दीरको करिव डेढ दशक पुराना इतिहासमा मन्दिरका मूल पुजारी शिव चौधरीको बुवा लोटन चौधरी रहेको थियो त्यही कारणले अहिले गढीमाई मेलाको मुख्य पुजारी शिव चौधरी रहेको छ । मूल पुजारी चौधरीकै पुर्खालाई देवीले सपनामा दिएको निर्देशन अनुसार मन्दिर स्थापना भएको र यो मन्दिरमा चौधरी नै मूल पुजारी रहँदै आएको उनले भने ।

पशु बलि नै किन ?

बाराको गढीमाई मन्दिर नेपालको मात्रै नभई भारत सहित हिन्दु धर्म मान्नेहरुको लागि ठूलो शक्तिपीठको रुपमा रहेको छ । यहाँ आएर सहि हृदय एवं शान्त मनले मागिएको भाकल एवं मनोकामना पुरा हुने भएको हुँदा गढीमाई प्रति आस्था र विश्वास बढ्दै गएको र बलि दिनेहरुको संख्यामा उल्लेख्य संख्यामा वृद्धि भएका छन् यसपालि मेला पाँच लाख भन्दा बढी बलि हुने सम्भावना रहेको मेला समिति तथा मुख्य पुजारीले जनाएको छ ।यहाँको विशेषगरी राँगाको बलि दिइन्छ । तान्त्रिक पद्धतीका कारणले गढीमाई मन्दिरमा राँगाको बलि दिदै आएको छ ।गढीमाई मन्दिरमा मुसा, परेवा, बोका,र खरायो गरी पाँच पशु एवं पंक्षिलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । मन्दिरका मूल तान्त्रिक धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ ।पञ्चकोशी वर्गमा मेलामा करोडौ दर्शनार्थीहरु आउने विश्वास मूल मेला व्यवस्थापन समितिले यसपाली लाग्ने पञ्चबर्षीय विश्व प्रसिद्ध मेलामा करोडौं दर्शनार्थीहरु मेला भर्न आउने अनुमान गरिएको छ । जसका लागि मेला समितिले यो वर्ष एक हजार बिघा भन्दा बढीमा मेला लगाउने तयारी गरेको छ । सो क्षेत्रफलमा विभिन्न स्टलदेखि लिएर मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु राख्ने तयारी गरिएको छ ।सोहि अवधीमा बिशेष मेला सुरु हुन्छ र लाखौं मानिस देशी बिदेशी मेला भर्न आउने गर्दछन् । मेलाको रिपोर्टिङका लागि संसारकै मिडियाका रिपोर्टरहरु बरियारपुर केन्द्रित हुने गर्दछन ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन् । मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठुला–ठुल्ला खेल तमासा मौतका कुँवा, सरकस, रोटे पिङ लगायत प्रबन्ध गरिएको छ । संसारमै सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित पञ्च गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।



प्रतिक्रिया दिनुहोस्