Logo

रवि लामिछानेसँग समयमै बयान नलिएको भन्दै रास्वपा फायर,स्वर्णिमको आक्रोश: उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको बताएका छन्।

बिहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले १२५ घन्टा हिरासतमा राख्दा जम्मा ४–५ घन्टा बयान लिएको भन्दै लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो बताएका हुन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदै छ।

‘हाम्रा सभापतिको गिरफ्तारी राजनीतिक प्रतिशोध थियो भन्ने प्रमाणित भएको छ। १२५ घण्टा उहाँलाई हिरासतमा राखिएको रहेछ। त्यसमध्ये ४÷५ घण्टामात्र बयान लिएको रहेछ। के उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो? पक्राउ गरेपछि के सोध्ने भन्ने थाहा थिएन? यो राजनीतिक साँध्ने कार्य नै हो,’ उनले भने, ‘मानमर्दन गर्ने शैलीमा जसरी सरकार प्रस्तुत भएको छ, तेरो शेखी झार्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ, त्यो सभ्य भाषामा राजनीतिक प्रतिशोध नै हो।’



प्रतिक्रिया दिनुहोस्