Logo

मीनबहादुरको बचाउ गर्दै शंकर पोखरेलले भने: कार्यकर्ताबाट पर्याप्त रकम संकलन नभएपछि दान स्वीकार गर्‍यौ



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे विवाद गर्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सहयोग लिनु स्वभाविक भएको र त्यसलाई अन्यथा ठान्न नमिल्ने दाबी गरे ।

महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको पोखरेलको भनाइ छ । महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसंग नेपालीजन जानकार रहेको नले लेखेका छन् ।

०७२ सालको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व एमाले सरकारमा रहँदा गरेको स्मरण गराउँदै उनले भनेका छन् ‘पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि वाढि र डुवानका कारणले भाडमा रहेको पार्टी कार्यालयमा ठुलो क्षति वेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो’ ।

पोखरेलले एमाले आफैले पार्टी कार्याल बनाउन सहयोग संकलनको अभियान चलाएको तर अपेक्षित रकम संकलन नभएपछि दान लिनु परेको जिकिर गरेका छन् । ‘एमाले कार्यकर्तावाट सहयोग संकलनको अभियान नचालाएको होइन । वल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रवाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो’ उनले भनेका छन् ।

महासचिव पोखरेलले एमालेले विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुननिर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको भन्दै यस्तो सहयोग लिनु स्वभाविक भएको र त्यसलाई अन्यथा ठान्न नमिल्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्