Logo

जावलाखेलमा १७औं गोदावरी प्रदर्शनी मेला सुरु, तस्विरहरु



काठमाडौं । जावलाखेल खेलमैदानमा आजदेखि १७औं गोदावरी फूलको प्रदर्शनी सुरु भएको छ ।

४ दिन अर्थात् कार्तिक ११ गतेसम्म चल्ने प्रदर्शनीमा कुल ७५ वटा स्टल छन् । जसमध्ये व्यावसायिक प्रदर्शनीका ६८ वटा, अफिसियल ४ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा र सेल्फी खिच्नको लागि १ वटा स्टल रहेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

तिहार तथा छठ पर्व नजिकिदै गर्दा आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको फ्यानले जनाएको छ ।

तस्विरहरु सबै: मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्