Logo

पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडकबाटै रविलाई छुटाउने भरपुर प्रयास गरेपनि पोखरेली जनताले साथ नदिएपछि रास्वपा आजबाटै काठमाडौं केन्द्रीत बनेको छ । रास्वपाले भोलि काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गर्ने छ । रास्वपाले भोलिको विरोध प्रदर्शनमा जम्मा हुन नेता कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्