Logo

माइतीघरमा गुञ्जियो नारा: ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘आकाश हेर निलो छ, हाम्रो रवि हिरो छ’



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा रास्वपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छ । रास्वपाले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी रास्वपाका नेता–कार्यकर्ताले सरकारविरोधी नारा लगाएका छन्। सरकार तानाशाही र फासिस्ट भएको आरोप लगाउँदै उनीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर’,‘फासिस्ट सरकार मुर्दावाद’जस्ता नारा लेखिएका पर्चा–पम्प्लेट बोकेका थिए।

रास्वपा सभापति लामिछाने सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा छन्।



प्रतिक्रिया दिनुहोस्