Logo

सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले भन्यो: सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण



काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले सरकार परिवर्तनको हल्ला निराधार भएको जनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अहिलेको सरकारमा कुनै समस्या नभएको विश्वास व्यक्त गरेको गृहमन्त्री रमेश लेखकले बताए।

उनले भने, “सरकार बदलिन्छ भन्नु भ्रमपूर्ण कुरा हो, सत्तारुढ दलको बैठकले यसबारेमा दृढ विश्वास व्यक्त गरेको छ । सत्तारुढ दलको बैठक निरन्तर बस्ने र सरकारमा रहेका दलहरुका बीचमा छलफल र निरन्तरता दिने विषयमा कुरा भएको छ ।” उनले सत्ता साझेदार दलहरुबीच ११/१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्