Logo

एनआरएनलाई प्रधानमन्त्रीको निर्देशन: संघभित्र बसेर राजनीतिक खिचातानी नगर्नू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ”, उनले भने ।

गैरआवासीय नेपाली सङ्घको छविलाई कायम राखी सङ्गठनलाई एकताबद्ध राख्दै साझा हितका लागि काम गर्न र संघभित्र बसेर राजनीति नगर्नपनि आग्रह गरेका छन् “सरकारका तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भई स्वतन्त्र रुपमा काम गर्नुहोस, सहयोग गर्न सरकार तयार छ ” उनले भने “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । त्यसैगरी सभामुख, प्रधानन्यायाधीशजस्ता पद साझा हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

आफू सन् १९९९ मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गरे ।



प्रतिक्रिया दिनुहोस्