Logo

साफ महिला च्याम्पियनसिप: बंगलादेश फाइनलमा प्रवेश, भुटान ७-१ ले पराजित



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बंगलादेश फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो ।

पहिलो हाफ सकिँदा भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि थियो । दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्यो । भने भुटानले कुनैपनि गोल फर्काउन सकेन् ।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्मा र सन्जिदा अख्तरले समान एक गोल गरिन्।

बंगलादेशले खेलको १५, २३,२६, ३५, ३७, ५८, ७२ औं मिनेटमा गोल गरेको थियो । यता एक गोल फर्काएको भुटानले खेलको ४० औं मिनेटमा गोल गरेको छ । सेमिफाइनल अन्तर्गत बेलुका नेपालले भारतसँग खेल्दैछ ।

तस्विर सबै: मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्