Logo

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको संसदीय सुनुवाइ कात्तिक १४ मा



काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसिपुर उच्च अदालतका मूख्य न्यायाधीश हुन् ।



प्रतिक्रिया दिनुहोस्