Logo

निजी क्षेत्रमा अख्तियार प्रवेश गराउनु हुँदैन: कांग्रेस सांसद बडू



काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई प्रवेश गराउन नहुने बताएका छन् ।

सोमबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै पूर्व मन्त्रीसमते रहेका बडूले निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराए कार्यबोझ बड्ने बताए ।

‘निजी क्षेत्रलाई पनि अख्तियार मातहतमा ल्याउने कुरामा अन्तर्राष्ट्रिय देखाउनुभयो, कहाँ कुन बुँदामा लेखेको छ ?’ उनले भने ‘प्रदेश सरकारमा पनि कार्यवोझ बढेको छ । त्यसकारण निजी क्षेत्रमा प्रवेश गर्दा किन आवश्यक पर्‍यो, स्पष्टीकरण चाहिन्छ । निजी क्षेत्र आतङ्कित छ, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ’ ।



प्रतिक्रिया दिनुहोस्