Logo

चुनावमा १२ लाख भोट ल्याएको दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक हो: रास्वपा सांसद भण्डारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएकी छन् ।

आज बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै भण्डारीले गत आम निर्वाचनमा १२ लाख मत ल्याएको र सदनको चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक रहेका हुँदा यसलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने बताईन् ।

प्रदर्शनलाई कतिपयले अदालत प्रभावित पार्ने प्रयास गरेको भनेर आलोचना गरेको भन्दै उनले त्यसको विरोध गरिन । सांसद कार्कीले गृहमन्त्री रमेश लेखकलाई लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न पनि ध्यानाकर्षण गराईन् ।

उनले भनिन्, ‘रवि लामिछाने यो समितिको सदस्य पनि हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूले चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक नै हो। १२ लाख नेपालीले पत्याएको देशको चौथो ठूलो शक्तिको नेतृत्वलाई हिरासतमा राख्दा चिन्ताको विषय हो। उहाँ भागेर कतै जाने अवस्था होइन। म लामिछानेज्यूलाई थुनाबाहिर राखेर न्यायिक प्रक्रिया अगाडि बढाइदिन गृहमन्त्रीज्यूसँग आग्रह गर्दछु।’

सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट रकम लगेर गोर्खा मिडियामा खर्च गरेको उनीमाथि आरोप छ । यता रास्वपाका नेता तथा कार्यकर्ताले भने रविलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै सडक तताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्