Logo

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना फेक भएको पुष्टि



काठमाडौं । काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको सूचना हल्ला भएको पुष्टि भएको छ । बम राखेको हल्ला भएपछि नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम नभएको पुष्टि भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको थियो । विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरेका थिए । सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरेको थियो ।

यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्