Logo

रविलाई छुटाउन गृहमन्त्री लेखकसँग रास्वपाका नेताहरुको हारगुहार



काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपाका नेताहरु गृहमन्त्री रमेश लेखकलाई भेट्न पुगेका छन् । सोमबार साँझ रास्वपाका उपसभापति डीपी अर्याललगायतका नेताहरु सिंहदरबार पुगेर गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।

गृहमन्त्री लेखकलाई भेटेर रविलाई तत्काल रिहाइ गर्न माग गरेको स्रोतले जनाएको छ । कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ परेका थिए । उनीहाल कास्की प्रहरीको हिरासतमा छन् ।

रास्वपाले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै आन्दोलन गरिरहेको छ । आज रास्वपाले सरकारको कदमविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने तयारी गरेको छ । सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।

रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।



प्रतिक्रिया दिनुहोस्