काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएकी प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकलगत्तै राणा र ह्योजुलाई एक कार्यक्रमको आयोजना गरि फुलि लगाइदिएका थिए । एआइजीको फुलि लगाएकी राणा आजैबाट अवकासमा जाँदै छिन् । उमेरदहको कारण बिहीबारबाट बिदा हुन लागेकी राणालाई रातारात फुलि लगाईएको हो ।
दर्ज्यानी चिन्ह प्रदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उनले जिकिर गरे ।
बिहीबारबाट अवकासमा जाने राणालाई गत कार्तिक ४ गते डीआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरिएको थियो । राणा आफूभन्दा अगाडीका डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई उछिन्दै बढुवा भएकी हुन्। उनी अवकास भएर जाने भएकाले सिनियरलाई छाडेर बढुवा गरिएको थियो।