काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच भेटवार्ता भएको छ ।
नेता विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसँग नेता विश्वकर्माले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाइएको छ ।
भूमिगत राजनीतिमा रहेको नेकपा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा शान्तिपूर्ण रुपमा मुलधारको राजनीतिमा आएको थियो ।