काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा लक्ष्मणराज ज्ञवाली नियुक्त भएका छन् । बुधबार आचार्यले ज्ञवालीलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।
ज्ञवाली एमाले बर्दियाका इन्चार्जसमेत हुन् । ०७९ को निर्वाचनमा संसद्को उम्मेदवार बनेका उनी पराजित भएका थिए । लामो समयसम्म एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम निकट मानिन्थे । उनी वामदेवका सहोदर ज्वाईंसमेत हुन् । लामो समय वामदेवको पक्षमा रहेका उनी नेकपा एमाले विभाजन हुँदा वामदेवलाई छाडेर केपी शर्मा ओलीको पक्षमा लागेका थिए । एमाले उपाध्यक्ष युवराज ज्ञवालीका सहोदर भाई रहेका उनलाई वामदेवलाई छाडेर ओली रोज्दा सल्लाहकारको पदन मिलेको चर्चा चलेको छ ।