Logo

एमालेको भनाइ र गराईमा फरक आएको मन्त्री गुरुङको स्वीकारोक्ति, दाने जग्गाको बचाउ नगरेको भन्दै आक्रोशित



काठमाडौं, १५ कार्तिक । सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टी नेकपा (एमाले) को भनाइ र गराइमा सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । आज (बिहीबार) एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले सिद्धान्त र विचारलाई व्यवहारमा उर्तान नसकेको टिप्पणी गरेका हुन् ।

‘पहिलो कुरा हाम्रो कार्यशैलीमा सुधार गर्नुपर्ने देखिएको छ । हाम्रो आचरण व्यवहारमा सुधार गर्नुपर्ने देखिएको छ । भनाई र गराइमा फरक भयो भन्ने आलोचना छ, टिप्पणी छ, त्यो पनि केही न केही सही कुरा हो । सिद्धान्त, विचारले जे भन्छ व्यवहारमा त्यो कुरा देखिन छोडेको छ । रमाइलोमात्रै नगरौं, हाम्रो कमजोरीको पनि समीक्षा गरौं भनेर मैले कुरा राखेको हो,’– देउसी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने ।

साथै, मन्त्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाबारेमा पार्टीका नेता तथा कार्यकर्ताहरुले बचाउ नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे । सबै दललले अहिलेसम्म अध्यारो कोठामा बसेर लेनदेन गरी कार्यालय बनाएको दाबी गर्दै उनले एमालेले लिएको सहयोग घामजस्तै छर्लङ्ग रहेको बताए ।

‘हाम्रो पार्टीलाई सहयोग गर्छु भन्नुभयो एक जना समर्थकले । निकै ठूलो रकम सहयोग गर्छु भन्नुभयो । पार्टीलाई सहयोग गर्छु भन्ने कुरा नाराम्रो थिएन । पार्टीले लिनसक्छ, खुल्ला रुपमा, घामजस्तै छर्लङ्ग छ । कुनै अध्यारो कोठामा लेनदेन गरेर त्यो सम्झौता गरेको थिएन । हामीलाई थाहा छ नि यो मुलुकमा जति पनि दलहरुले भवन भनाएको छ, उनीहरुले अध्यारो कोठामा लेनदेन गरेर नै बनाएको छ । व्यवसायीबाटै सहयोग र दान लिएर बनाएको छ । त्यसलाई यति ठूलो विषय बनाइयो, हामीले त्यसलाई कसैले सार्वजनिक रुपमा आएर यो सही थियो भनेर कोही निस्किएन । पार्टीको निर्णय सही थियो भनेर किन कोही ननिस्किएको ?’ आक्रोश व्यक्त गर्दै उनले भने ।

उनले एमालेमा अहिले वैचारिक कामहरु कमजोर भएको बताए । कार्क्सवाद, लेलिनवाद नबुझे पनि जनताको बहुदलीय जनवाद बुझ्न र बुझाउने प्रयत्न गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । File photo/RN



प्रतिक्रिया दिनुहोस्