Logo

सुन तस्करीमा संलग्न महरा थुनामुक्त



काठमाडौं, १५ कार्तिक । सुन तस्करी प्रकरणमा दोषी ठहर भएका राहुल महरा थुनामुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । उनी गत कात्तिक १३ गते रिहा भएका थिए ।

गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दैै १ वर्ष ४ महिना कैद सजाय सुनाएको थियो । पक्राउ परेका दिनदेखि १ वर्ष ४ महिना कैद भुक्तान गरेसँगै महरा छुटेका हुन् । गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्