काठमाडौं, १५ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा मागभन्दा ४१ गुणा बढी आवेदन परेको छ । एफपीओको आवेदन खुल्ला भएको चौथो दिनसम्म कूल ९ लाख ५३ हजार सात सय ७० जना आवेदकले १ करोड, ४६ लाख ४५ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् ।
लघुवित्तले गत कार्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९ सय ४ कित्ता शेयर विक्रीका लागि रु १ सय रुपैयाँमा एफपीओ खुल्ला गरेको थियो । एफपीओ खरिदका लागि आगामी कार्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ ।