Logo

पूर्व अर्थमन्त्री महत सूर्य टोवाको दवाब र प्रभावमा परेको कांग्रेस नेता बस्नेतको आरोप



काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका कारण गरिब तथा विपन्नहरुको उपचारका लागि बास्केट फन्ड स्थापना गर्न नसकिएको बताएका छन् । शुभ दिपावली–२०८१ को अवसरमा नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्य टोवाको दवाब र प्रभावमा परेर पूर्व अर्थमन्त्री महतले सुर्तिजन्य पदार्थमा कर बढाएर बास्केट फन्ड स्थापना गर्ने कुरा अस्वीकार गरेको बताएका हुन् ।

‘मैले सुर्तीजन्य पदार्थमा कर बढाऔं, बास्केट फन्डमा पैसा राखौं, यसमा २०औं, २५औं अर्ब पैसा हुन्छ, यसले देशभरीका अस्पतालहरुमा गरिब र विपन्नका लागि निःशुल्क उपचार गराउने फन्ड व्यवस्था गरौं भनेर प्रकृया अगाडि बढाउँदा हाम्रै अर्थमन्त्री ज्यान गए मान्दैनन् । हुँदोरहेछ के भने जनकपुर चुरोट कारखाना खाइदिने सूर्य टोवाले प्रेसर गर्छ, अनि कर बढाउनै नमान्ने,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्