Logo

ओली सरकारको कर आतङ्कले देशमा महङ्गी बढयोः प्रभु साह



काठमाडौं, १९ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन् । करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए ।

दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकार हरेक बस्तुमा कर आतंक मचाएको टिप्पणी गरे ।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ । हत्या, हिंसा, लुट, भ्रष्टाचार बढदै गईरहेको छ । संगसंगै हरेक बस्तुमा प्रधानमन्त्री ओलीले करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? यहाँ ओली सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले निजि करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भीर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न असफल भएको भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको बताए । सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको बताउँदै उनले बिभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए ।

‘अहिले सरकारी आतंक मच्चिएको छ । सरकारले सत्तारुढ दलका अपराधि, भ्र्रष्टलाई जोगाउने काम मात्रै गरेको छ । सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ । प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन् ।’

आजपा ईशनाथ कमिटीद्धारा आयोजित कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिब त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरू श्रीभगवान पटेल, नरेश तुरहा, लालबाबू मंसूरी लगायतका विशेष सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्