काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको सचिवालयले जनाएको छ । ओलीले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग मात्र भेटेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।