Logo

काठमाडौं महानगर-१६ को वडाध्यक्षमा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर-१६ को वडाध्यक्षमा नेकपा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उठाउने भएको छ ।

मंगलबार बसेको एमाले काठमाडौं महानगर कमिटीको बैठकले तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

तुलाधर गत निर्वाचनमा पनि उडाध्यक्षको उम्मेदवार थिए । रिजालले ४०१९ मत ल्याउँदा दोस्रो भएका तुलाधरले ३३१० मत ल्याएका थिए । सो वडाको अन्य ५ जना सदस्य भने एमालेले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्