काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीकी उपसचिवसमेत रहेकी बोहोरालाई टिकट दिएको हो ।
जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।
उपमेयर सिहको मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उपमेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छैन ।
उममेयरको टिकट पाएकी बोहरा गत निर्वाचनमा पनि उम्मेदवार थिईन् । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रको साथ पाएकी कांग्रेसकी उम्मेदवार सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी वोहोरा ३३९३ मतमा रोकिएकी थिईन् । करिब २ हजार मतले अघिल्लो चुनावमा पराजय ब्यहोरेकी उनै बोहोरालाई एमालेले फेरि एक पटक अवसर दिएको छ ।