काठमाडौं । इजरायलको लागि नेपाली राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका पण्डितलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पद्यकन्या क्याम्पसका पूर्व प्रमुख रहेका पण्डित नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका थिए ।