Logo

यू-१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले दियो थाइल्यान्डलाई १०३ रनको लक्ष्य



काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १०३ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्न निम्त्याएपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन जोड्न सक्यो ।

कप्तान पूजा महतोले सर्वाधिक ३५ रन जोडिन् । त्यस्तै सोनु पाख्रिनले १९, समिाना केसीले १९ तथा साना प्रविनले ५ रन जोडिन् ।

एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेल्ने अन्य दई टोलीमा थाइल्याण्ड र कुवेत छन् । चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ । हरेक टोलीले अर्को टोलीसँग २-२ खेल खेल्नेछन् । डबल राउण्ड रोविनको खेलहरु पछि धेरै अंक जोड्दै विजेता बन्ने एक टिम अर्को वर्ष मलेसियामा हुने आईसीसी यू १९ महिला टी २० विश्वकपका लागि छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्